दफा ५६
संस्थाको प्रमुख जिम्मेवार हुने
(१) यस परिच्छेद बमोजिम कुनै संस्थाले संरक्षकको जिम्मेवारी पाएको भएमा त्यस्तो संस्था प्रमुख बालबालिकाको हेरचाह तथा पालनपोषणको लागि अन्तिम जिम्मेवार मानिनेछ।
स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “संस्था प्रमुख” भन्‍नाले त्यस्तो संस्थाको प्रमुख कार्यकारी अधिकृत वा सो हैसियतमा काम गर्ने अध्यक्ष, प्रबन्ध निर्देशक वा संस्थाको नियमानुसार तोकिएका अन्य कुनै अधिकृत सम्झनु पर्छ।
(२) संरक्षकको जिम्मेवारी पाएको संस्थाले तोकिएको शर्त र प्रक्रिया विपरीत कार्य गरेमा त्यस्तो संस्थालाई बाल कल्याण अधिकारीले कुन शर्त उल्लंघन गरेको हो सो समेत खुलाई बालबालिकाको संरक्षण कार्य गर्न रोक लगाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम रोक लगाइएको संस्थाले अपेक्षित सुधार गरेको कुरा अनुगमनबाट पुष्टि भएमा बाल कल्याण अधिकारीले उक्त संस्थालाई बाल संरक्षण कार्यमा लगाइएको रोक फुकुवा गर्न सक्नेछ।